काठमाडौं । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ । मे २४ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ५४ केजीमा अञ्जनी तेलीले खेल्नुहुनेछ । प्रशिक्षकमा प्रकाश थापा मगर हुनुहुन्छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
सदस्य–सचिव घिसिङले खेलाडीको हौसला बढाउँदै भन्नुभयो, ‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नु होला । पेरिस पारालिम्पिकमा तेक्वान्दोकी पलेशा गोबद्र्धन र पेरिस ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सकारात्मक सन्देश प्रवाह भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच