नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणीः नयाँ प्रवृत्तिहरु धेरै टिक्दैनन्

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हउाँले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ । अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन् । हामी दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर अफ्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली काँग्रेस । यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’

अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिनुभयो । उहाँले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गर्नुभयो । उहाँले पार्टीप्रतिको आलोचनाका कारण जनताहरु के हो काँग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताउनु भयो । उहाँले पार्टीका नेताहरुको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पार्टीका सबै नेताहरु एक अर्काको आलोचना गर्न धेरै समय खर्च गर्छौं, नेतृत्वलाई नै खसाल्न हामी धेरै समय खर्च गर्छौं । हामी पार्टीको नेतृत्वलाई नै आलोचना गर्न धेरै समय खर्च गर्दछौँ । यसमा धेरै समय खेर फाल्यौँ भने अहिले त सामाजिक सञ्जालको जमाना छ, हरेकको घरघरमा पुग्छ, यिनीहरु त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरुको पार्टीमा कनि लाग्ने भन्छन् की भन्दैनन्, त्यसैले केन्द्रिय समितिको बैठक २ गतेलाई तोकिएको छ, त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौ, क्षेत्रिय समिति, गाउँ, नगर समिति छ त्यहाँ भनौँ । त्यहाँबाट निस्कर्ष निकालेर पार्टीको मात्रै कुरा गरौँ । त्यहाँ नभन्ने तर बाहिर भनेको भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन, जनता दुविधामा पर्छन्, के हो नेपाली काँग्रेसले भनेको बुझिँदैन । हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो ।’

मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताउनु भयो । उहाँले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?