साउनकै पेन्सन पाउन अझै एक साता कुर्नुपर्ने

Read Time = 2 mins

काठमाडौं । सरकारले साउन महिनाको निवृत्तिभरण ९पेन्सन० अझै खुवाएको छैन । सरकारले तलब वृद्धि गरेका कारण पेन्सन खुवाउन ढिलाइ भएको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताउनु भयो ।

सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएको छ । तर, ढिलोगरी मन्त्रिपरिषद्ले स्वीकृत गर्दा निवृत्तिभरण वितरणमा ढिलाइ भएको उहाँले बताउनु भयो। अबको एक हप्ताभित्र पेन्सन वितरण गरिसक्ने कार्यालय प्रमुख खरेलले जानकारी दिनुभयो ।

‘मन्त्रिपरिषद् बैठकले ढिलोगरी स्वीकृत गरेको र सोहीअनुसार व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र पेन्सन वितरण गरिसक्छौँ ।’

साढे दुई लाख जनाले निवृत्तिभरण लिने गरेका र उनीहरुको वृद्धि रकम मिलाउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको प्रमुख खरेलको भनाइ छ ।
साउन महिनाकै पेन्सन लिन बाँकी रहेकाले अब साउन र भदौ दुवै महिनाको १५ भित्र वितरण गर्ने कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठले बताउनु भयो ।

सरकारले बहालवाला कर्मचारीलाई साउन महिनाको तलब खुवाइसकेको छ भने निवृत्तिभरण वितरणमा ढिलाइ गरेको हो । जस कारण निवृत्तिभरण खाँदै खाएका वृद्धवृद्धाहरु दैनिकजसो बैंकमा जाने र आए नआएको सोध्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?