काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूबाट ३८ लाख ७६ हजार २७० रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उक्त गाउँपालिकाका तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददि भनिने दधि कामी र गाउँपालिकाका लेखापाल मलिम रावतविरुद्ध मुद्दा दायर भएको हो ।
सबै जनाविरुद्ध समान ३८ लाख ७६ हजार २७० रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच