काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । रिट बिहीबार दिउँसो दर्ता भएको हो ।
रिट निवेदनमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ ।
साथै निवर्तमान मुख्यमन्त्री कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन समेत अन्तरिम आदेश माग गर्नुभएको छ ।
रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।
कोशीको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको आज ५ बजे शपथ तोकिएको छ ।
आजै दुईजना मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री रहनुभएको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच