सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनभएको छ । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी हुनभएको छ । पंजियार ६९३८ मत प्राप्त गरी भारी मतान्तरले विजयी हुनुभयो । यस्तै, उपमेयरका नेपाली कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव विजयी हुनुभयो । उहाँले ५५८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय हरिपुरले जनाएको हो ।
यस्तै, मेयर पदका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३८८७ मत प्राप्त गर्दै पराजित हुनुभयो भने उपमेयरको निकटतम प्रतिस्पर्धीमा नेकपा (एकिकृत समाजवादी)की शिला कार्कीे ४०७६ मतसहित दोस्रो स्थानमा रहनु भयो ।
नेकपा (एकिकृत समाजवादी)बाट उमेद्वारी दिएका निवर्तमान मेयर जमिरुदिन मन्सुर २८०५ मतसहित तेस्रो स्थानमा देखिनु भयो । उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जित्नुभएको थियो ।
वडातर्फ तीन वडामा नेपाली कांग्रेस, दुई वडामा माओवादी केन्द्र, दुई वडामा एमाले, दुई वडामा नेकपा (एकिकृत समाजवादी)ले जित हात पारेका छन् ।
वडामा विजयी उम्मेदवार
हरिपुर नगरपालिका–१, मा माओवादी केन्द्रका नानी बाबु थापा, २ नम्बर वडामा नेकपा एमालेका निल विक्रम थापा, ३ नम्बर वडामा माओवादी केन्द्रका लाल महमद शेष, ४ नम्बर वडामा एमालेका संजय प्रसाद साह, ५ नम्बर वडामा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी विजयी हुनुभएको हो ।
यस्तै, हरिपुर ६ नम्बर वडामा नेपाली कांग्रेसका प्रमहरी श्रेष्ठ, ७ नम्बर वडमा नेपाली कांग्रेसका मनोज कुमार चौधरी, ८ नम्बर वडामा एकिकृत समाजवादीका हरि बहादुर थापा र ९ नम्बर वडामा एकिकृत समाजवादीका विश्वनाथ राय विजयी हुनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच