एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?