न्युजिल्याण्डविरुद्ध यूएईको प्रतिस्पर्धात्मक खेल

Read Time = 2 mins

दुबई । पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा टेष्ट टोली न्युजिल्याण्डसँग यूएई १९ रनले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने क्रममा न्यूजिल्याण्डले जितको लागि दिएको १५६ रन लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १३६ रनमा अल आउट भयो ।

युएईको लागि डेब्यू खेल खेलेका युवा ब्याटर अर्याश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित ६० रनको योगदान दिनुभयो । शर्मा १५औं ओभरको अन्तिम बलमा बोवेसबाट क्याच आउट हुनुभयो । ओपनर मोहम्मद वासिम डक, वृत्य अरविन्द्य र आसिफ खान १३ रनमा आउट हुनुभयो । अंश टण्डन १२, बासिल हामिद ५, अली नासिर १६ र आयन खान ५ रनमा पवेलियन फर्कनुभयो ।

न्युजिल्याण्डका टिम साउथीले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिनुभयो । मिचेल सान्टनारले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो । जेम्श निसमले दुई र कायल जेमिसनले एक विकेट हात पार्नुभयो । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि टिम सिफर्टले ३४ बलमा २ चौका र ३ छक्कासहित ५५ रनको अर्धशतकीय पारी खेल्नुभयो । मार्क च्यापम्यान १८ बलमा १५ र जेम्श निशम २२ बलमा २ चौकासहित २५ रनमा आउट हुनुभयो ।

युएईका जुनैद सिद्दिकले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै बासिल हामिदले ४ ओभरमा ३० रन खर्चेर २ तथा जहुर खान र मोहम्मद फराजुदीनले समान एक एक विकेट लिनुभयो । दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?