गुल्मीमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा मानव अधिकार तथ शान्ति समाजद्वारा प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोबर) को अवसरमा मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा सोमबार साझ झण्डै एक घण्टा प्रदर्शनसहित दीप प्रज्वलन गरिएको हो ।

महात्मा गान्धीको जन्मदिनको अवसरमा अहिंसा दिवस मनाइने शाखाका सभापति ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो । यस अवसरमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनसहित दीप प्रज्वलन गरिएको हो ।

अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह, हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो र जनयुद्ध दिवसका नाममा फागुन १ गते विदा दिने सरकारी निर्णय शिघ्र खारेज गर भनेर कार्यक्रमको ब्यानरमा लेखिएको थियो ।

त्यस अवसरमा सभापति पोखरेलले देशमा हुने हरेक प्रकारको हिंसालाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । हिंसाको अन्त्यसंगै शान्ति कायम भएमा मात्र समुन्नत देश निर्माण गर्न सम्भव हुने भन्दै शान्ति स्थापनाका लागि युवाहरु, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला लाग्न उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?