ग्रिनफिल्ड क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक ग्रिनफिल्ड नवौँ ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले नेरिकलाई ३७-२९ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ अंक जोड्नुभयो ।

सिनियर ब्वाइजमै जेनिथले पिपुल्स एकेडेमीलाई ३२-१२, ग्रिनल्यान्डले कान्तिपुरलाई ३९-१५, रेडिअन्टले काठमाडौं जेभियरलाई ५६-४१, ब्राइट होराइजनले ज्ञान निकेतनलाई ४४-३८, किङ्डम हिमालयले पुष्पसदनलाई ४४-३९ र हार्टल्यान्डले इडेन ब्रिज एकेडेमीलाई ३९-३४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा लालीगुराँस एकेडेमीले ग्रिनफिल्डलाई २०-१६ तथा संस्कृतिले पिपुल्सलाई १८-१४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । सिनियर गल्र्समा काष्ठमण्डपले हिमालयनलाई २२–१० ले पन्छ्याउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?