काठमाडौं । आइडब्लुएफ ग्राण्ड प्रि-२ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित तीन सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गरेको छ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाउनुभएको छ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच