खुला पुरुष फुटवलको उपाधी सोमवारेलाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ६ मा संचालन भएको तेश्रो खुला पुरुष फुटवल प्रतियोगिताको उपाधी सोमवारे फुटवल क्लवले पाएको छ ।

फाइनल खेलमा प्रतिस्पर्धी छिनामखु फुटवल क्लवलाई ३-० गोलले हराउँदै सोमवारे फुटवल क्लवले उपाधी जितेको हो । प्रतियोगितामा पहिलो बन्न सफल सोमवारे फुटबल क्लवले नगद ७१ हजार, दोश्रो हुने छिनामखु फुटबल क्लवले ५१ हजार र सेमिफाइनललिष्ट आँपगाछी फुटबल क्लब इटहरी र महाकाली आधारभुत बिद्यालयले २१-२१ हजार नगद पुरस्कार पाएका छन् ।

यस्तै व्यक्तिगत विधातर्फ आँपगाछीका सविन घिमिरे उत्कृष्ट डिफेन्डर, सोमवारेका निरज परियार हाइस्कोरर, छिनामखुका डिकेन लिम्वु वेष्ट प्लेयर, सोमवारेका विवेक राई वेष्ट मिड फिल्डर र सोमवारे कै चरी लिम्वु वेष्ट गोलकिपरको पुरस्कार पाएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा भोजपुरसहित संखुवासभा, मोरङ, सुनसरीलगायतका जिल्लाका २६ वटा टिमले सहभागिता जनाएका थिए । षडानन्द नगरपालिका वडा नम्वर ६ खेलकुद बिकास समितिको आयोजना तथा वडा नम्वर ६ को प्रायोजनमा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सांसद विनोद बान्तवाले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?