मार्सेलो ओलम्पियाकोसमा अनुबन्धित

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । ब्राजिली डिफेन्डर मार्सेलो ग्रीसको ओलम्पियाकोसमा अनुबन्धित हुनुभएको छ । स्पेनिस क्लब रियल म्याड्रिड छोड्नुभएका मार्सेलो ग्रीक सुपर लिग क्लब ओलम्पियाकोससँग अनुबन्धित हुनुभएको हो ।

यससँगै ३४ वर्षीय मार्सेलोले थप एक सिजन युरोपमै व्यावसायिक खेल खेल्नुहुनेछ । रियल म्याड्रिडमा उहाँले १६ सिजन बिताउनुभएको थियो । मार्सेलो रियल म्याड्रिडको इतिहासमा उत्कृष्ट खेलाडीमध्ये एक हुनुहुन्छ । मार्सेलोले रियलबाट ५४६ खेलमा ३८ गोल गर्नुभएको छ ।

सन् २००७ मा रियल म्याड्रिडमा आएका मार्सेलोले १६ वर्ष रियलबाट खेल्दा २५ उपाधि जित्नुभएको छ । जसमा १३ उपाधि स्पेनभित्र र बाँकी १२ उपाधि अन्तर्राष्ट्रियस्तरमा छन् । उहाँले रियलबाट ५ च्याम्पियन्स लिग, ६ स्पेनिस ला लिगा, ३ युरोपियन सुपर कप, २ कोपा डेल रे, ५ स्पेनिस सुपर कप र ४ फिफा क्लब विश्वकप जित्नुभएको छ ।

यता क्याटलान क्लब बार्सिलोनाले स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व फुलब्याक मार्काेस अलन्सोलाई निःशुल्क ट्रान्सफरमा क्लबमा अनुबन्धित गरेको छ । बार्सिलोनाले अलन्सोलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा एक सिजनका लागि क्लबमा आबद्ध गरेको हो ।
अलन्सोले चेल्सीमा ६ सिजन बिताउँदा ५ उपाधि जित्नुभएको छ । रियल म्याड्रिडको एकेडेमीमा हुर्किएका अलन्सो रियलको सिनियर टोलीमा पर्न असफल भएपछि इंग्ल्याण्ड पुग्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?