अवैध लागूऔषधसहित तिन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राईसमेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राहुल ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?