-मन्जिता मैनाली
हेटौंडा । आफ्नै आमालाई घाँटी थिची मारेको अभियोगमा मकवानपुरको थाहा नगरपालिका– १० बिसिङ्खेलका एक २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २९ गते राति आफ्नी आमा ४७ वर्षीया ज्ञानीमाया गमाललाई घाँटी थिची मारेको अभियोगमा २६ वर्षीय छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, फागुन ३० गते बिहान अन्दाजी ९ः ४५ बजेको समयमा गमालको घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको सूचना प्राप्त भइ इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङ मकवानपुरबाट प्रहरी टोली परिचालन गरी स्थानीय जनप्रतिनिधि समेतको उपस्थितिमा बन्द ढोका खोलेर हेर्दा ज्ञानीमाया गमाललाई मृत अवस्थामा फेला पारिएको थियो ।
मृतकको शव परीक्षणको लागि फोरेन्सिक मेडिसिन विभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाडौं पठाईएको थियो ।
रिपोर्टमा कोही कसैले घाँटी थिची मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको भएपछि उक्त घटनामा संलग्न ब्यक्तिको पहिचान गर्नको लागि स्थानिय तथा प्राबिधिक टोली समेतको सहयोगमा अनुसन्धान गर्ने क्रममा उनकै छोराले मारेको आशंकामा प्रहरीले मिलनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिलन फागुन २९ गते काठमाण्डौबाट भारत रोजगारीको लागि जान्छु भनी हिँँडेका थिए । मदिरा सेवन गरी बेलुकी छरछिमेकीहरु सुतिसके पश्चात घरमा आई आमाको घाँटी थिची मारेर भोलिपल्ट बिहान आमाको मोबाईल समेत लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाडौँ गएर लुकी बसेको अवस्थामा चैत १८ गते उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मिलनमाथि ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच