काठमाडौं । बंगलादेशमा सम्पन्न यू-१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको हो । बंगलादेश निलोलाई हराउँदै नेपाली टोली प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
उक्त प्रतियोगितामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामी मगर र भुवन तामाङ बंगलादेश जानुभएको थियो ।
बंगलादेश गएको नेपाली टोलीको व्यवस्थापकमा दीपक थापा, प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच