![नवलपुर जिल्ला लिग फुटबल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Nabalpur-football.jpg)
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवका अवसरमा आयोजित खुला म्याराथनमा नेपाल आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गर्दै उहाँले प्रथम स्थान चुम्नुभएको हो । त्यस्तै, महिला हाफ म्याराथनतर्फ नेपाल आर्मी क्लबकै सुनसरी रोकाया प्रथम हुनुभएको छ ।
रोकायाले निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पार गर्दै प्रथम बन्न सफल हुनुभएको हो । खुलातर्फ म्याराथन प्रतियोगितामा आर्मी क्लबकै तिलक सुनुवार द्वितीय र पाँचथरको फिदिम नगरपालिका-१० का प्रताप थाम्सुहाङ तृतीय हुनुभएको छ ।
महिला हाफतर्फ फुङ्लिङ नगरपालिका-६ की कुमारी गुरुङ र मैवाखोला गाउँपालिका-२ की विनिता तामाङ तृतीय हुनुभएको छ । खुला म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभराधाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी करिब ४७ किलोमिटर दूरी कायम गरिएको थियो । त्यस्तै, महिला हाफ म्याराथनतर्फ पनि फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने करिब ३६ किलोमिटर दूरी कायम गरिएको थियो ।
खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ, उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, महिला हाफतर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच