![मेयर कप पुरुष भलिबल : यांवरकलाई उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Mayr-cup-vollyball.jpg)
म्यानचेस्टर । म्यानचेस्टर सिटीले लगातार चौथोपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट हृयामलाई ३-१ ले हराउँदै सिटीले चौथोपटक उपाधि जितेको हो । इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चारपटक लिग उपाधि जितेको यो पहिलोपटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटीसहित पाँच टोलीले लगातार तीनपटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर, लगातार चारपटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलोपटक हो । अन्तिम खेलअघि सिटी आर्सनलभन्दा दुई अंकले अघि थियो । सिटीले लिग उपाधि गुमाउन जितबाहेक नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नुपर्ने थियो । तर, सिटी भने चुकेन ।
खेलको दोस्रो मिनेटमा नै फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभएको थियो । बक्सको बाहिरबाट टप कर्नरमा शक्तिशाली प्रहार गर्दै फोडेनले सिटीलाई खेलमा अग्रता दिलाउनुभएको हो । १८औँ मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाउनुभयो । जेरेमी डोकुको क्रसमा बक्सभित्रबाट फिनिस गर्दै फोडेनले सिटीलाई दुई गोलले अगाडि पुर्याउनुभयो ।
४२औँ मिनेटमा वेस्ट हृयामले एक गोल फर्कायो । मोहम्मद कुडुसले उत्कृष्ट बाइसाइकल गोल गर्दै खेलमा वेस्ट हृयामलाई खेलमा फर्काउनुभएको थियो । तर, ५९औँ मिनेटमा सिटीले पुनः अग्रता लियो । रोड्रीले बक्सबाहिरबाट सुन्दर फिनिससहित गोल गर्दै सिटीलाई पुनः दुई गोलले अघि बढाउनुभयो । खेल अन्त्यमा सोही नतिजामा सकियो । सिटीले ३८ खेलमा २८ जित, सात बराबरी र तीन हारसहित ९१ अंक बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, पाँच बराबरी र पाँच हारसहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । गत सिजन सिटीले उपाधि जित्दा आर्सनल ६ अंकले पछि पर्दै दोस्रो नै भएको थियो ।
आर्सनल उपविजेतामा सीमित
आर्सनल इंग्लिस प्रिमियर लिगमा पुनः उपविजेतामा सीमित भएको छ । एमिरेट्स स्टेडियममा आइतबार राती सम्पन्न खेलमा पाहुना टोली एभर्टनमाथि २-१ गोल अन्तरको जित हासिल गरे पनि आर्सनल उपविजेता बनेको हो । आइतबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी पराजित भएको या बराबरीमा रोकिएको भए आर्सनलले २१ वर्षपछि उपाधि खडेरी तोड्ने समीकरण थियो । तर, आर्सनल अनुकूल नतिजा आइदिएन । गत संस्करण पनि आर्सनललाई पाँच अंकले पछि पार्दै सिटीले उपाधि जितेको थियो । आर्सनलको जितमा ताकेहिरो तोमियासु र काई हावर्ट्जले गोल गर्नुभयो । एभर्टनका इड्रिसा गण गुएएको गोल सान्त्वना बन्यो ।
खेलको ४०औँ मिनेटमा इड्रिसा गण गुएएले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, त्यसको तीन मिनेटपछि नै मार्टिन ओडेगार्डको पासमा ताकेहिरो तोमियासुले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ८९औँ मिनेटमा ओडेगर्डको पासमा काईले गोल गर्दै आर्सनललाई जित दिलाउनुभयो ।
म्यानचेस्टर युनाइटेड आठौँ स्थानमा
म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिस प्रिमियर लिग सिजनको अन्त्य आठौँ स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौँ स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनविरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होइल्याण्डले एक-एक गोल गर्नुभयो ।
युनाइटेडले ३८ खेलमा १८ वटा खेलमात्र जित्यो भने ६ बराबरी खेल्दै १४ खेलमा हार बेहोर्न पुग्यो । सातौँ स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग ६० अंकमा बराबरी भए पनि खराब गोलअन्तरका आधारमा युनाइटेड आठौँ भयो । छैटौँ वा सातौँ स्थानमा पुग्दा युनाइटेडका लागि क्रमशः युरोपा लिग वा युरोपा कन्फरेन्स लिगमा स्थान पक्का हुने थियो । यद्यपि, युनाइटेडभन्दा माथिका दुई टोली-चेल्सी र न्युक्यासल- दुवैले अन्तिम चरणमा अन्यत्र आ-आफ्ना खेल जितेका थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच