झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री, मन्त्री, सांसद र नेताले नभई प्रत्येक नागरिकले देश बनाउन योगदान गरिरहेको बताउनु भएको छ । देशको सपना अघि व्यक्ति र दलको सपना गौण हुने उहाँको तर्क छ ।
नेपाल पत्रकार महासंघ झापाको २४ औँ जिल्ला अधिवेशनलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै महामन्त्री शर्माले नवीन राष्ट्रवादको सिर्जना गरेर देश बनाउनु पर्नेमा जोड दिनुभयो । गोर्खाली कहिल्यै हारेको छैन भनेर देश नबन्ने उहाँले दाबी गर्नुभयो । 'हरेक नागरिकको भावना गाँसेर देश बनाउनु पर्छ' उहाँले भन्नुभयो,'यो सतीको सराप परेको देश हो र केही भएन, कसैले केही गरेन भनेर देश बन्दैन, देशप्रतिको सपना दर्बिलो बनाउन सके देशको प्रगति सम्भव छ ।'
समाजमा विश्वासखण्डित भएको र खण्डित भएको विश्वास जगाउन राजनीतिक दल र पत्रकार मिलेर अघि बढ्नु पर्ने आवश्यकता उहाँले औँल्याउनु भयो। पत्रकारको कलमले समाजमा आस र विश्वास जगाउनु पर्नेमा उहाँकाे जोड थियाे। मुलुकको अहिलेको उपलब्धि राजनीतिक दलको चाहानाले मात्रै नभई नेपाली पत्रकारको योगदानको प्रतिफल समेत भएको उहाँले उल्लेख गर्नु भयो ।
लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दल र पत्रकार एकताबद्ध हुन जरुरी रहेको तर्क महामन्त्री शर्माको छ ।
उहाँले परिवर्तनका हरेक आन्दोलनमा नेपाली पत्रकारले पुर्याएको योगदान अतुलनीय रहेको बताउनु भयो । राजनीतिक विषय खासै चर्चा नगर्नुभएका महामन्त्री शर्माले झापाली पत्रकारको त्याग र योगदानको चर्चा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच