इलाम । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउँदै अघि बढ्नुभएको छ ।
जारी मत गणनामा सुहाङले १३ हजार ९ सय मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने । उहाँलाई दोस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मतका साथ पछ्याइरहनुभएको छ । उहाँहरुबीचको मतान्तर ४ हजार ९८६ भोटको छ ।
यस्तै मुढा चिन्ह पाउनु भएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८हजार २८५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै गरी रास्वपा उम्मेदवार मिलन लिम्बू भने धेरै तल १ हजार ९४५ मतका साथ चौथो स्थानमा दौडिरहनुभएको छ ।
इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी छ ।
इलाम-२ देउमाइ नगरपालिका वडा नम्बर १ को अन्तिम परिणाम :
सुहाङ नेम्वाङ :- ८३१ (सुर्य) (४९८६ अग्रता)
डम्वर खड्का:- ५२८ (रुख)
डेकेन्द्र थेगिम :-१८७ (मुडा)
मिलन लिम्बु :- २३२ (घण्टी)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच