क्विक्स-ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाउनुभएको छ ।

सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गल्र्समा २४ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । समग्रमा ११८ खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?