संसदमा रवि लामिछानेको प्रश्न: मिटरब्याजपीडितलाई न्याय दिन विधेयक किन ल्याइएन ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरु मिटरब्याजपीडितको पक्षमा रहेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याजपीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताउनु भयो ।

उहाँले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गर्नुभयो ।

कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गर्नु भएको उहाँले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?