लुम्बिनीमा बढ्दै पर्यटक

Read Time = 2 mins

काठमाडौं । कोरोना महामारीका कारण सुस्त रहेको लुम्बिनीमा यस वर्ष सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् । अक्टोबर महिनादेखि स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि हुन थालेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार गत वर्षको तुलनामा यस वर्षको अक्टोबरसम्म एक सय १६ प्रतिशतले पर्यटक वृद्धि भएको होे ।

सन् २०२१ को अक्टोबरसम्म आन्तरिक र बाहृय गरी दुई लाख ८९ हजार छ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या वृद्धि भई छ लाख २६ हजार चार सय ५२ पुगेको छ । गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक छ सय पाँचजना भ्रमणमा आएकोमा २०२२ मा १३ हजार एक सय ६६ आएका छन् ।

गत वर्ष १८ हजार छ सय ६८ भारतीय पर्यटक आएकोमा यस वर्ष बढेर एक लाख ४९ हजार छ सय नौ पुगेको छ । कोरोना जोखिम कम हुँदै गएपछि विदेशी पर्यटकसमेत लुम्बिनी आउने क्रम क्रमशः बढेको बताइएको छ । गत वर्ष कोरोनाबीच पनि दुई लाख ७० हजार चार सय २२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

यस वर्ष अक्टोबरसम्म चार लाख ६३ हजार छ सय ७७ जनाले भ्रमण गरेका छन् । पर्यटकलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुंगा यात्राले आकर्षित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?