मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्राण्डीलाई २०-१७ ले पराजित गर्‍यो । गल्र्सको उपाधि भिडन्तमा आइएसले आयोजकको बोर्न टु हुपलाई १६-७ ले हरायो । ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मनास्लुका कोसिस भुजेल तथा गल्र्समा आइएसकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही ५ हजार नगद पुरस्कार पाउनुभयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउण्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?