सरकारको नियतमाथि प्रश्न उठाउँदै डा. कोइराला : ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईँदैन’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन ट्याप गर्ने बुदाँ उल्लेख भएर आउन लागेको कानुन प्रति आपत्ति जनाउनु भएको छ ।

नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाउनु भएको हो ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?