नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वकप क्रिकेट लिग(२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २२९ रनको स्कोर तयार पारेको हो ।

खेलमा ब्याटर समालिएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सफल भयो । नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेल्दै नेपालका लागि ठूलो योगफल जोडे ।

त्यस्तै, आरिफ शेखले ४३ रनको अविजित इनिङ खेले । सन्दिप लामिछानेले २७ रन बनाएर आउट हुँदा करण केसी १७ रनमा आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे।

त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्‍याएका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसा गरिएका ब्याटरहरूले भने गतिलो इनिङ खेल्न सकेनन् । कुशल मल्लको ३२ रनमा आउट हुँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ रन मात्रै बनाउन सके । त्यस्तै, अर्का ओपनर आसिफ शेख ६ रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेल १ तथा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । युएईका लागि जुनाईद सिद्दकीले ३ विकेट लिँदा आर्यन लक्राल र रोहन मुस्ताफाले समान २(२ विकेट हात पारेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?