पालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा

प्रतिकात्मक तस्बिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीको घरमै पुगेर स्वास्थ्य उपचार सेवा दिएको छ । यहाँका ज्येष्ठ नागरिक र शारीरिक रूपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याउन निःशुल्क उपचार सेवासहित घरदैलोमै स्वास्थ्य सेवा दिने गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

सिंजाका स्थानीयवासीको आवश्यकताका आधारमा सेवा दिने गरिएको छ । अध्यक्ष धितालले भन्नुभयो, ‘ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेकालाई प्रत्येक महिनामा घरदैलोमार्फत निःशुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमको थालनी भएको छ ।’ गर्भवती, ज्येष्ठ नागरिक र दमका बिरामीका लागि गाउँ केन्द्रित सेवा दिन गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिने गरिएको सिंजा गाउँपालिका स्वाथ्य शाखाका प्रमुख ललितजंग रोकायाले बताउनुभयो । स्थानीय सरकारले हिउँदयाममा स्वास्थ्य सेवा गाउँमै दिन थालेपछि यहाँका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीलाई निकै राहत पुगेको छ । यो समयमा यहाँ अत्यधिक जाडो हुने गरेको छ । उपचार गर्ने स्वास्थ्य संस्थामा जान पनि ज्येष्ठ नागरिकलाई सकस हुन्छ । पालिकाका स्वास्थ्यकर्मी सहितको टोलीले गाउँमै सेवा दिँदा सिंजाका स्थानीयवासीलाई राहत मिलेको सिंजाका स्थानीयवासी बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?