टोटेनहम हटस्पर जितसँगै शीर्ष चारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि विजय हासिल गरेको छ ।

इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याममाथि २–० ले विजय हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए ।

७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे ।

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?