लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं : अध्यक्ष ओली (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नक्सालस्थित नारायण चौरमा बुधबार दिपावली तथा संविधान साँझ आयोजना गरेको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत बजाउनु भयो ।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताउनु भयो ।

'लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्यालोले नेपालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं ।' उहाँले भन्नुभयो ।

एमालेले आज बिहान पनि संबिधान दिवसको अवसरमा राष्ट्रिय झण्डासंग सेल्फी कार्यक्रम गरेको थियो ।

तस्वीर : एमाले अध्यक्ष ओलीको सचिवालय

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?