इलाम । इलाम २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ ।
जारी मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १६५८ मत ल्याउनु भएको छ । नेकपा एमालेका सुहाङ नेम्बाङले १६३० मत प्राप्त गर्नुभएको छ ।
उहाँहरुबीचको मतान्तर सुरुवाति अवस्था भन्दा घट्दै गएको छ ।
फाकफोकथुमको १ नम्बर वडा गणना हुँदा प्रारम्भिक मत परिणाममा उहाँहरुबीच १२३ को मतान्तर थियो भने त्यसपछिको २ वटा वडाको अपडेटमा ८१ मतको मतान्तर थियो ।
हाल फाकफोकथुम तीन वटा वडा गन्दा खड्का र नेम्बाङबीच २८ मतको मात्र मतान्तर छ ।
यस्तै पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले ४३० मत ल्याउँदा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले ३०८ मत प्राप्त गर्नुभएको छ ।
फाकफोकथुम तीन वडाका कुल ४१८१ मत गणना भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच