प्रियंका र सरिताको अभिनयमा वेब सिरिज ‘साहु बा’बन्ने

Read Time = 1 min

काठमाडौं । नयाँ वेब सिरिज निर्माणका लागि नायिका प्रियंका कार्की र सरिता गिरीले सहकार्य गर्ने हुनुभएको छ । प्रियंका र सरिताको मुख्य भूमिका रहने वेब सिरिज ‘साहु बा’को सोमबार काठमाडौंको अनामनगरस्थित मन्दिरमा मुहूर्त गरियो ।

फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजलाई सुजोय योङले निर्देशन गर्नुहुनेछ । मंगलबारदेखि छायांकन हुने थ्रिलर सिरिज काठमाडौं आसपासमा खिचिने भएको छ । प्रियंका र सरितासहित सिरिजमा अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिका छ ।

सिरिजमा सरिताले मुख्यमन्त्री र प्रियंकाले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्नुहुनेछ ।सरिता सिरिजमा काष्टिङ निर्देशक समेत हुनुहुन्छ । सिरिज पहिलो सिजनमा १३ एसिपोड छायांकन हुने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?