काठमाडौं । आज बिहान काठमाडौं उपत्यकामा चट्याङसहित भारी बर्षा भएको छ । यस्तै गण्डकी, बागमती, मधेस र प्रदेश–१ का केही स्थानमा पनि बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ का धेरै स्थानमा पानी पर्नेछ।
आज देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।
आज दिउँसो मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज राति पनि प्रदेश–१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
प्रदेश–१ र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच