आयोजक कोटेश्वर च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । पाँच स्वर्ण, दुई रजत र पाँच कास्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो ।

दोस्रो भएको बाँकेले चार स्वर्ण, दुई रजत र दुई कास्य हात पार्‍यो । चार स्वर्ण, एक रजत र तीन कास्यसाथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो । शीर्षस्थान स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समिर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुम्सेको पुरुषमा बागलुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट चारैले जनही पाँच हजार नगद पुरस्कार पाउनुभयो ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिताका संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६०० खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?