काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पशुपति परिसरमा योग शिविर कार्यक्रमको आयोजना गरिएको छ ।
बुधवार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, भारतीय राजदूतावासको डेपुटी चिफ अफ मिसन नामग्या सी खम्पा, कोषका कोषाध्यक्ष नारायण सुवेदी, पतञ्जली योग पिठ नेपालका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावलले शरीर स्वास्थ्य राख्नको लागि योगको साधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउनु भयो । उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शरीर स्वस्थ्य राख्नको लागि योगको साधन गर्न आवश्यक छ । हाम्रो जीवनमा यसले धेरै ठूलो महत्व राखेको छ । यद हामीले हरके दिन योग गर्ने हो भने शरीर स्वस्थ बनाउन सक्छौँ । तन, मन र आत्मालाई सन्तुलित बनाउने काम योगले गर्दछ ।’
भारतीय सांस्कृतिक सम्वन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धे र पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति परिसरमा रुद्राक्ष र कपुरको वृक्षारोपणसमेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच