भारतमाथि श्रीलंकाको सान

Read Time = 4 mins

दुबई । श्रीलंकासँग पराजित भएसँगै भारतको युएईमा जारी टी-२० एसिया कपको फाइनलमा पुग्ने सम्भावना न्यून बनेको छ । सुपर फोरमा मंगलबार राती श्रीलंकामाथि भारतले ६ विकेटको जित हात पारेको हो । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । श्रीलंकालाई जितका लागि अन्तिम १२ बलमा २१ रन चाहिएको थियो । भुवनेश्वर कुमारले १९ औं ओभरमा दुई चौकासहित १४ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ५७ रन बनाउनुभयो । योसँगै श्रीलंकाले अनौपचारिकरूपमा फाइनलमा स्थान बनाएको छ । भारत भने सुपर फोरबाट नै बाहिरिने लगभग पक्कापक्की भएको छ । यस्तै पाथुम निसंकाले ३७ बलमा ४ चौका र २ छक्कासहित ५२ रन जोड्नुभयो । पहिलो विकेटका लागि ओपनर पाथुम निसंका र कुशल मेन्डिसले ११.१ ओभरमा ९७ रनको साझेदारी गर्नुभएको थियो ।

दासुन शनका १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहनुभयो । भानुका राजपक्षे १७ बलमा २ छक्कासहित २५ रनमा अविजित रहनुभयो । भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रन जोड्नुभयो । सूर्यकुमार यादव २९ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा आउट हुनुभयो ।

तेस्रो विकेटका लागि सूर्य र रोहितले ५८ बलमा ९७ रनको साझेदारी गर्नुभयो । तीव्र गतिका बलर दिलशान मदुशनकाले तेस्रो ओभरको चौथो बलमा कोहलीलाई बोल्ड आउट गर्नुभयो । कोहलीले चार बल खेले पनि खाता खोल्न सक्नुभएन ।

हार्दिक पान्ड्या १३ बलमा १ छक्कासहित १७ रनमा आउट हुनुभयो । ऋषभ पन्त १३ बलमा ३ चौकासहित १७ रनमा आउट हुनुभयो । रविचन्द्रन आश्विन ७ बलमा १ छक्कासहित १५ रनमा अविजित रहनुभयो । तीव्र गतिका बलर दिलशान मदुशनकाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिनुभयो । महेश थिक्सनाले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिनुभयो ।

अब भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुवै खेल हार्नुपर्ने हुन्छ । अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिनेछ ।

भारतले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्छ । यदि पाकिस्तानले दुवै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान दुई/दुई अंक हुनेछ । नेट रनरेटमा माथि रहँदै भारत फाइनल खेल्न सक्ने झिनो सम्भावना देखिन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?