काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताउनु भएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले अहिले बनाउने भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो की होइन भन्नेमा अन्योलता रहेको पनि बताउनु भयो ।
मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको बताउनु भयो । उहाँले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे ३ खर्ब खर्च हुने बताउनु भयो । बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्याधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताउनु भयो । मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा ४ वटा स्याटलाईट सिटी बन्ने भनेपनि बन्न नसकेको बताउनु भयो ।
उहाँले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गर्नुभयो । त्यसको लागि उत्तरपूर्वी इसान शहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको मन्त्री झाँक्रीले बताउनु भयो । उहाँले बाँकी ३ वटा शहरको सम्भाव्यता अध्ययन कार्य जारी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानून चालु आवमा संसदमा ल्याउने तयारी रहेको बताउनु भयो । उहाँले यो कानून बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताउनु भयो । सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्नेकुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गर्नुभयो ।
मन्त्री झाँक्रीले नगरविकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगरविकासको काम गर्ने ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले उक्त कानून मन्त्रीपरिषद्बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नगरविकास कोषलाई वित्तीय निगमको हिसावले विकास गरेर करिव २० अर्बको पेडअफ क्यापिटलको ठूलो संस्था बनाउन खोजेको हो । त्यसको कानून पहिले ड्राफ्ट भएको थियो । फाइनल भएको थिएन । त्यो कानून मन्त्रीपरिषद्मा जान तयारी अवस्थामा छ । त्यसले सरकारी निकायहरुबाट पैसा लिएर नगरपालिकाहरुमा लगानी गर्छ । त्यो कुनै निजी कम्पनीमा जाने कुरा होइन । नगरपालिकामा ग्रान्ट मात्रै होइन लगानी हो लगानीको फिर्ता हुनुपर्छ भन्ने हिसावले बनाइएको हो । यो निजी नभएर सरकारी कम्पनी नै हो ।’
मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरुपता ल्याउन नीतिगत व्यवस्था गरिनलागेको पनि बताउनु भयो ।
उहाँले देशभर करिव ३२ वटा सभाहल निर्माण सम्पन्न हुने क्रममा रहेको र ती सभाहल सञ्चालनमा अन्योलता भएको बताउनु भयो । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच