ओलम्पिक डे स्क्वास

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुग्नुभएको छ ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वार्टरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११-२, ११-६, ११-३, अमृतले दिव्य वज्राचार्यलाई ११-४, ११-३, ११-२, दीपकले उमित शाक्यलाई ८-११, ११-९, ७-११, ११-४, ११-७ तथा अमिरले प्रवीण कंसाकारलाई ११-८, ११-४, ११-४ ले हराउनुभयो ।

यसैगरी, ५० वर्ष माथिको भेटरान्स एकलमा लोकेन्द्र भण्डारले रूपक ताम्राकारलाई ११-७, ११-८, ११-८, प्रवीण कंसाकारले कमल शाक्यलाई ११-२, ११-४, ११-०, दीपक अधिकारीले मनोजबहादुर श्रेष्ठलाई ११-४, ११-८, ९-११, ११-६ र विनोद शाक्यले विदुर धमलालाई ११-३, १३-११, ८-११, ११-७ ले पराजित गर्नुभयो । महिला एकलमा कृष्णा थापाले अस्मिता नगरकोटी र भावना सुनुवारले सालिनी घिमिरेलाई समान ३-० स्कोरमा हराउनुभयो । यी दुवै अन्तिम चारमा पुग्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?