हुम्लाको स्वास्थ्य सेवा कार्यालय नजिक शंकास्पद वस्तु भेटियो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको स्वास्थ्य सेवा कार्यालय हुम्लाको गेट नजिककैको खेतमा शंकास्पद वस्तु भेटिएको हो । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताएका छन् । भने यता जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेको जनाएको छ ।

नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णाराज ओझाले बताउनुभयो । सशस्त्र जनयुद्धको समयमा राखिएको पाइप बम हुन सक्ने स्थानीयबासीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?