मनिला । मध्य फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् ।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।
मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घंटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ ।
१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए ।
आगलागीको कारण खुलेको छैन् । क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच