काठमाडौं । नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा आएको छ । विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको हो । स्काइ ग्लाइडिङका लागि करिब एक सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ ।
एउटा टावरबाट अर्को टावर जान तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिँदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ । टावरमा समानान्तर दुई डोरी भएकाले एकपटकमा दुईजना सँगै खेल्न सकिन्छ ।
स्काइ ग्लाइडिङ खेल्न प्रतिव्यक्ति १२ सय रुपैयाँ शुल्क लाग्ने र शुल्कमा सेवाग्राहीले थ्री सिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियोसमेत प्राप्त गर्ने कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभएको छ । बन्जी र स्विङका लागि प्रख्यात द क्लिफमा हाल ११ साहसिक खेल सञ्चालनमा छन् । स्काइ क्याफे, हर्स राइडिङ, स्काइ चियर, फ्यामिली पिङ, वसिङ हृयान्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ रहेको कम्पनीले जनाएको छ । स्काइ ग्लाइडिङ सञ्चालनपछि कुल १२ साहसिक खेल सञ्चालनमा रहने कार्कीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच