झापा । भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो ।
जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना-ठूला नदीमा पानीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उहाँले बताउनुभयो । ‘राजमार्ग दक्षिणका अधिकांश भू-भाग डुवानमा छन् । विस्थापितको संख्या कम भए पनि हजारौं घर डुवानमा परेका छन्,’ ढकलालले भन्नुभयो, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गर्नुभयो । उहाँले हालसम्म गौरीगञ्ज-१ महाभारामा ४ घर विस्तापित भएको बताउनुभयो । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उहाँको भनाइ छ ।
केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उहाँले भन्नुभयो, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच