प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अव प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो ।

उहाँले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं । हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पु¥याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो ।

गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको छ । यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ । मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु । अन्तमा, यो दिवसमा अवसरमा सम्पूर्ण राष्ट्रको सर्वोपरी हित अनुकुल हुने गरी काम गर्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा समेत राख्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?