नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल : स्वास्थ्य विज्ञ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आयोजना गरेको ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्या जस्ता गम्भीर घटनाहरु बढीरहेको भन्दैचिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । कार्यदलकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा एलिनी पोखरेल सुवेदीका अनुसार विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्य सेवा दिने उद्देश्यले सोकार्यक्रमको थालनी गरिएको हो । भर्चुअल माध्यमबाट आज (२९ जनवरी २०२३) पहिलो चरणको कार्यक्रम एसिया प्यासिफिक क्षेत्रबाट सुरु गरिएको हो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर। डा. सरोज प्रसाद ओझा (मनोचिकित्सक) ले मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुतगर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरु मानसिक स्वास्थ्य समस्याको जोखिममा धकेलिने क्रम बढ्दो रुपमा रहेको बताउनुभयो। नेपालमा मानसिक स्वास्थ्यका कारण आत्महत्याका घटना बढ्दो क्रममा रहेकाले यससम्बन्धमा गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर उक्त स्वास्थ्य जोखिमन्यूनीकरणका लागि काम गर्नुपर्ने छ ।

उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न रुचाउँदैनन् , करीब ९० प्रतिशतले मानसिक स्वास्थ्य परामर्श नै पाउँदैन नकी उनीहरुले आफ्नो समस्या खुलेर व्यक्त गर्दैनन् वा गर्नका लागि उचित स्थान वा मौका नै पाउँदैनन्, मानसिक स्वास्थ्य बिना कुनै मान्छे स्वस्थ हुन सक्दैन तर यो बुझाउन सकिएको छैन ।’ उनका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको छ । २५ प्रतिशत नेपालीमा मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्त मध्ये ९० प्रतिशत मानसिक स्वास्थ्य सेवाको पहुँच बाहिर हुने गरेको डा ओझाले बताउनुभयो । मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्याकेही हदसम्म समाधान हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा हाल दक्षिण अफ्रिकामा रहनुभएका डा. पुष्पराज भट्टराईले महिलाहरुमा हुने स्तन क्यान्सरको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ । डा. भट्टराईले सहजै निधान गर्न सक्ने भएपनि सचेतनाका अभावका कारण स्तन क्यान्सर विकराल बन्दै गएको बताउनुभयो । विश्वभर, प्रत्येक ८ महिलामा १ जनामा स्तन क्यान्सर हुने सम्भावना रहने भन्दै डा. भट्टराईले नेपाल र डायस्पोरामा पनि स्तन क्यान्सरका सम्बन्धमा बृहत रुपमासचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?