किभ । पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् ।
पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ ।
चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच