आर्थिक विधेयक २०८० पारित

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राख्नुभएको थियो ।

बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट पार्नुभएको थियो ।

मन्त्री महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको भन्दै विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिएअनुसार बजेट राखिएको पनि उहाँले जानकारी गराउनुभएको थियो । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?