काठमाडौं । नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्धको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टोलीको घोषणा गर्नुभएको हो । नेपाली फुटबल टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल हुनुहुन्छ ।
यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ, मिडफिल्डरमा लाकेन लिम्बू, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल तथा फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार हुनुहुन्छ ।
अनन्त तामाङ भने चोटका कारण टोलीबाहिर हुनुहुन्छ । यस्तै डिफेन्डरद्वय योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियार पहिलोपटक राष्ट्रिय टोलीमा समेटिनुभएको छ । मिडफिल्डर सेसेहाङ आङदेम्बेले राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको छ । नेपाली टोलीले आइतबार युएई जाने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच