समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न : विप्लव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाचिव नेक्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताउनु भएको छ ।

राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गर्नुभयो ।

विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने उहाँले बताउनु भयो । नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उहाँले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने बताउनु भयो

नागरिकमा निराशा र आशाको दोधार देखिएको अवस्थामा समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको उहाँले बताउनु भयो ।

यतिबेला परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक भएकाले मोर्चा निर्माण गरिएको र यसले काम गर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?