देशभर ५१ जना कोरोना संक्रमण थपिँदा, २२ जना संक्रमण मुक्त

Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?