बैतडीको सिगासका दुई बालक पाँच दिनदेखी बेपत्ता

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको सिगास गाउँपालिका-४का दुई जना बालक बेपत्ता भएका छन् । यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी बेपत्ता भएका हुन् । गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका र अहिलेसम्म सम्पर्कमा नआएको आफन्त योगेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

सोमबार घरबाट हिडेका उनिहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका-८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । पसलमा बसेको विषयमा गाँजरी प्रहरी चौकीलाई जानकारी गराइएको थियो । त्यसपछि गाँजरी प्रहरी चौकीले आफन्तलाई जानकारी गराएर बालकहरुलाई लिएर आउन भनेको भएपनि भोलीपल्ट बुधबार बिहानै उक्त पसलबाट पनि भागेपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । गाँजरी प्रहरी चौकीले खोडपे प्रहरी चौकीलाईसमेत जानकारी गराएको थियो ।

आज सम्मपनि बालकहरु फेला नपरेपछि हुलिया कटाएर सबै ठाउँमा जानकारी गराइएको गाँजरी प्रहरी चौकीका इन्चार्ज भोज बहादुर पालले जानरकारी दिनुभयो । प्रहरीका अनुसार बेपत्ता भएका हरिश र गणेशका बुवाको पहिले नै मृत्यु भइसकेको र आमालेसमेत घर छोडेर गएपछि हजुरवुवासँगै बस्दै आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?