काठमाडौं । ‘आजको चर्चा’ कार्यक्रमबाट राष्ट्रकै चर्चामा पुग्नुभएको पत्रकार रूपा शर्मा ‘नेहा’ राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा समाजिक सरोकारका विषयमा नीतिगत रूपमा बहस पैरवी गर्ने कार्यक्रम सञ्चालन गर्नुहुन्छ । सानैदेखिको समाजिक सेवाप्रतिको लगावले गर्दा उहाँ समाजपरिर्वतनको बलियो आधार पत्रकारितामा देखेपछि २०५८ सालमा रेडियो पत्रकारितामार्फत यसतर्फ आकर्षित भएको बताउनुहुन्छ ।
पाल्पा जिल्लाको मोहनकन्या विद्यालयबाट कक्षा १० सम्मको पढाइ पूरा गरी देशको राजधानी काठमामाडौं आउनुभएकी उहाँले स्नातकोत्तरसम्मको अध्यययन गर्नुभएको छ भने विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । श्रव्य, दृश्य तथा छापा तीनै माध्यमा सक्रिय पत्रकार रूपा शर्मा ‘नेहा’ले काठमाडौं महानगरपालिकाले सञ्चालनगरेको मेट्रोएफएमबाट समाजिक सरोकारको विषय र स्थानीय सरकारको कामकारबाहीका सम्बन्धमा रेडियो कार्यक्रम सञ्चालन गर्नुहुन्छ ।
यस्तै उहाँले एनटिभीमा सञ्चालन गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम मध्ये उत्कृष्टमा पर्नेगर्दछ । पत्रकारिता क्षेत्रमा सक्रिय शर्मा रेडियो र टेलिभिजनसँगै विभिन्न राष्ट्रिय दैनिक, अनलाइन पत्रिकामार्फत समाजिक रूपान्तरणको पक्षमा निरन्तर आवाज उठाइरहनु भएको छ ।
पत्रकारिताबाट बाच्न गाह्रो छ भन्नेका लागि उहाँ नेपालमै पत्रकारिताका तीनैवटा विधामा उत्तिकै सक्रिय रही यसमार्फत राम्रो आम्दानी गर्दै अरूका लागि उदाहरणीय पात्र बन्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुसन्धानकर्ता तथा लैगिंक विज्ञको रूपमा स्थान जमाउनुभएकी शर्मा समाजिक रूपान्तरणको बलियो हतियार भनेको पत्रकारिता हो र हामीले समाजिक विकृति, विसंगति हटाइ समतामूलक समाजको निर्माण गर्न यसकोे महत्वपूर्ण भूमिका हुने भन्ने बुझेरै यसक्षेत्रमा लागेको दाबी गर्नुहुन्छ ।
समाजिक विषयको उठान त्यसलाई नीतिगत रूपमा परिवर्तन गर्न ‘आजको चर्चा’ परिसंवाद नामक टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम उत्पादन तथा पत्रपत्रिकामा खोजमूलक लेख प्रकाशित गरी उहाँ समाजिक रूपान्तरण तथा जवाफदेही कानुनी शासनका लागि सक्रिय रूपमा लागि पर्नुभएको छ । शर्मा भन्नुहुन्छ, ‘अरू यस पेशामा टिक्न सकिएन भन्छन् तर म भने यही पेशामा सक्रिय रहेर राम्रै कमाई गरिरहेकी छु ।’ बिहानको पाँच बजे उठेर उहाँ रेडियोमा पुग्नुहुन्छ अनि ११ बजेसम्म त्यहाँको काम सकेर टेलिभिजनको कार्यक्रम उत्पादनमा सक्रिय रहनुहुन्छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सञ्चार विज्ञको रूपमा उहाँलाई कार्यक्रम सहजीकरण वृत्तचित्र निर्माण तथा विभिन्न तालिम तथा अनुसन्धानका लागि कन्सलट्यान्टको रूपमा बोलाउने गर्छन् ।
रेडियोमा हिंसा, दुव्र्यवहार, समाजिक विसंगतिविरुद्ध आवाज उठाउने उहाँले अन्याय र अत्याचार मानवअधिकार, बेचविखनका साथै समाजिक, आर्थिक, मानसिक, राजनीतिक, हिंसामा परेका मानिस अथवा कुनै समाजिक सरोकारका विषयको मुद्दाको उठान गर्नुहुन्छ । यिनै सामाजिक सरोकारका विषयमा टेलिभिजनमा नीतिनिर्माणकर्तालाई बोलाएर यी विषयमा भएका कानुन, ऐन नियम योजना र रणनीतिका बारेमा चर्चा गर्नेगर्नु हुन्छ । टेलिभिजन कार्यक्रम ‘आजको चर्चा’मा सरकारका विभिन्न मन्त्रालय, विभाग अनि स्थानीय सरकारका प्रतिनिधिसँग भएका कानुनको बारेमा समीक्षा अनि आवश्यक कानुन निर्माणको सम्बन्धमा उहाँले बहस गर्ने गर्नुहुन्छ ।
‘आजको चर्चा’ कार्यक्रममा आमजनताको सरोकारको विषयमा प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका उच्च तहका व्यक्ति तथा मन्त्रीहरूलाई स्टुडियोमै बोलाएर जनताप्रति पारदर्शी र जवाफदेही बनाउने ढंगबाट उहाँले कुराकानी गर्ने गरेको पाइन्छ । सरकारले बनाएका संविधानले ग्यारेन्टि गरेको जनताको मौलिक अधिकारलाई स्थापित गर्न कानुनमा भएको कमिकमजोरीको समीक्षा गर्ने र आवश्यक कानुन निर्माणमा सरकारलाई घचघच्याउने काम उहाँले यस कार्यक्रममार्फत गर्दै आइरहनु भएको छ ।
उहाँले विभिन्न विषयमा बहस त गर्नुहुन्छ नै यसका साथै विषयवस्तुलाई कार्यान्वयन तहसम्म पुर्याउन फलोअपसमेत गर्ने गरेको पाइन्छ । जसले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन, विधिको शासन निर्माण गर्न, भएको कानुन कार्र्यान्वयन र आवश्यक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । उहाँले उठाएका धेरै सामाजिक सवाल, आमजनताका चासोका विषय, मुद्दा कार्यन्वयनमा आएका छन् । यसमा आफूलाई गर्वबोध भएको उहाँको भनाइ छ । ‘मैले यस्ता धेरै सवाल उठाए, केही सरकारपक्षबाट सम्बोधन भएका छन् केही हुने क्रममा छन्’, उहाँले सुनाउनुभयो । ‘यस्ता अझै धेरै सवाल छन् जसलाई म निरन्तर उठाइरहनेछु’, उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
शर्माले पछिल्लो समय नेपालमा बढ्दै गइरहेको विपद्का घटनाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक धेरै प्रभावित भएको भन्दै पटक–पटक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्चतहका व्यक्तित्वलाई अन्तर्वार्ता गरेपछि अहिले प्राधिरकणले विपद्सम्बन्धी लैगिंक नीतिको मस्यौदा तयार गरिसकेको छ भने विपद्मा परेकालाई उद्धार गरेर राख्ने भवन निर्माण र सो भवन लैगिंक तथा अपांगमैत्री तथा ज्येष्ठ नागरिकमैत्री बनाउने नीतिनुसार काम अगाडि बढाइसकेको छ ।
यस्ता दर्जनौं नीतिगत परिवर्तन जसले समतामूलक समाज निर्माणका लागि शर्माले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमले प्रभाव पारेको छ । उहाँका यस्ता कार्यको प्रशंसा गर्दै विभिन्न संघसंस्थाले शर्मालाई पुरस्कार तथा सम्मान गरेका छन् । अन्तर्राष्ट्रिय तहसम्म पुगेर महिला अधिकारका बारेमा अनुसन्धनात्मक लेखहरू प्रकाशित गर्नुभएकी शर्माले कोरियमा वैदेशिक रोजगारीको नाममा नेपाली महिलाको बेचविखन हुने विषय कोरियामै पुगेर अनुसन्धनात्मक ढंगबाट प्रकाशित गरेपछि विवाहको नाममा हुने बेचविखन ठप्प भएको उदाहरण छ ।
विदेशी संस्थाको अनुसन्धानमा मात्र संलग्न नरहेर केही विदेशी संस्थाले नेपालमा सञ्चालन गरेको आर्थिक शसक्तीकरण कार्यक्रमको लैगिंक विज्ञको रूपमा कार्यरत रहनुभएकी उहाँ सरकारी तथा गैरसरकारी संस्थामा अडियो, भिडियो निर्देशक तथा उत्पादकको रूपमा समेत कार्यरत रहनुभएको छ । सञ्चारकर्ममा रहेर शर्माले गरेका धेरै कार्य नयाँ पुस्तका लागि शिक्षामूलक रहेको सञ्चार क्षेत्रमा रहेका विभिन्न व्यक्तित्व बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच